कार्तिक २९, २०८३ आइतबार November 15, 2026

छठले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बलियो बनाउने मुख्यमन्त्री भट्टको विश्वास

पर्वले धार्मिक तथा सांस्कृतिक विविधताबीच एकताको भावना बलियो बनाउने उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुदूरपश्चिम, २९ कात्तिकः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले छठ पर्वले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

छठका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले प्रकृति, सूर्य र जलप्रतिको आस्था तथा श्रद्धासँग जोडिएको यस पर्वले धार्मिक तथा सांस्कृतिक विविधताबीच एकताको भावना बलियो बनाउने उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री भट्टले नेपालको मौलिक कला, संस्कृति, परम्परा र धार्मिक आस्थाको संरक्षण तथा प्रवद्र्धन गर्दै समतामूलक समाज र समृद्ध प्रदेश निर्माणका लागि छठ पर्वले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया