भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई

नेपालमा आएको विपद्को अवस्थाबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउनुभएकामा फाइटर ढाँटलाई धन्यवाद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १२ भदौः प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकालेका नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिनुभएको छ । आज बेलुका सामाजिक सञ्जालमार्फत उहाँले ढाँटलाई बधाई दिनुभएको हो ।

प्रधानमन्त्री शाहले नेपालमा आएको विपद्को अवस्थाबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउनुभएकामा फाइटर ढाँटलाई धन्यवादसमेत दिनुभएको छ ।

“नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँटले ‘रोड टु युएफसी सिजन–५’ मा जित हासिल गर्दै फाइनलमा प्रवेश गर्नुभएकामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपालमा आएको विपद्को अवस्थाबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउनुभएकामा नेपाल सरकारको तर्फबाट उहाँलाई हार्दिक धन्यवाद”, प्रधानमन्त्री शाहले लेख्नुभएको छ ।

उहाँले अगाडि लेख्नुभएको छ, “उहाँको सफलता सम्पूर्ण नेपाली खेलप्रेमी तथा राष्ट्रकै लागि गौरवको विषय हो । सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित छ । मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र स्रोतसाधन त्यहीअनुसार परिचालन गर्नेगरी हामी निरन्तर काम गरिरहेका छौँ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई
२०८३ भाद्र १२, शुक्रबार
माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी
२०८३ भाद्र १२, शुक्रबार
ओखलढुङ्गामा हर्षोल्लासका साथ मनाइयो ढ्वाङकुम पर्व
२०८३ भाद्र १२, शुक्रबार
पृथ्वी राजमार्गको अवरोध खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
२०८३ भाद्र १२, शुक्रबार
एनसेलको निःशुल्क भ्वाइस, डेटा तथा एसएमएस सेवा थप सात दिन थप
२०८३ भाद्र १२, शुक्रबार
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
२०८३ भाद्र १२, शुक्रबार