भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी

कोशी प्रदेशमा सरकारी माछा भूरा उत्पादन फार्म नहुँदा सरकारी निकायबाट भूरा उपलब्ध हुन सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुनसरी, १२ भदौः भीष्म अधिकारीले वार्षिक ५० लाख आम्दानी गर्न थाल्नुभएको छ । दश कट्ठा क्षेत्रफलबाट सुरु गर्नुभएको माछापालन १६ बिघामा पुगेपछि उक्त आम्दानी हुन थालेको हो । उहाँ बराहक्षेत्र नगरपालिका–९ का मेहनती किसान हुन् ।

उहाँले माछापालनबाट दाना, माछाका भूरा, कर्मचारीलगायत खर्च कटाएर वार्षिक रु ५० लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विसं २०५२ मा दश कट्ठाबाट माछापालन सुरु गर्नुभएका अधिकारीले हाल १६ बिघा क्षेत्रफलमा ३० वटा पोखरी निर्माण गरी सात प्रजातिका माछा पाल्दै आउनुभएको छ ।

अधिकारीले रौ, नैनी, भाकुर, कमन, ग्रासलगायत सात प्रजातिका माछा पाल्दै आउनुभएको छ । पोखरीमा उत्पादित माछा सुनसरीका इनरुवा, लौकही, कालाबञ्जर, इटहरी, झुम्कालगायतका बजारमा बिक्री हुने गरेको छ । अधिकांश व्यापारी पोखरीमै आएर माछा खरिद गरी लैजाने गरेका छन् । पोखरीबाट प्रतिकेजी रु २५० देखि रु.३०० मा बिक्री हुने गरेको बताउनुभयो ।

उहाँका अनुसार करिब दुई किलो दाना खुवाउँदा एक किलो माछा उत्पादन हुने गरेको बताउनुभयो । माछाको दाना प्रतिकेजी रु १६० देखि रु १७० सम्म पर्छ । उहाँले माछाका भूरा निजी फार्मबाट ल्याउने गर्नुभएको छ । भूराको मूल्य प्रतिकेजी रु ५०० देखि रु ५५० सम्म पर्ने गरेको छ । कोशी प्रदेशमा सरकारी माछा भूरा उत्पादन फार्म नहुँदा सरकारी निकायबाट भूरा उपलब्ध हुन नसकेको जानकारी दिनुभयो ।

सरकारले माछापालनका लागि आवश्यक भूरा र दाना सहज रूपमा उपलब्ध गराउन सके किसानलाई थप प्रोत्साहन मिल्ने र उत्पादन बढाउन सकिने अवस्था छ । विशेषगरी बराहक्षेत्र–८, ९ र ११ मा माछापालक किसान बढ्दै गएका छन् । नगरपालिकामा करिब ३०० घरधुरीले माछापालन गर्दै आएका छन् भने एक हजार ३०० भन्दा बढी पोखरी रहेको अधिकारीले बताउनुभयो ।

कोशी नदी किनारलाई कृषि पर्यटन (एग्रो टुरिजम) सँग जोडेर थप विस्तार गर्ने योजना बनाएको बताउनुभयो । माछापालनसँगै पोखरी क्षेत्रलाई पर्यटकीय गतिविधिसँग जोड्न सके स्थानीय उत्पादनको बजारीकरणसँगै रोजगारी र आम्दानीका अवसरसमेत बढाउन सकिने उहाँको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई
२०८३ भाद्र १२, शुक्रबार
माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी
२०८३ भाद्र १२, शुक्रबार
ओखलढुङ्गामा हर्षोल्लासका साथ मनाइयो ढ्वाङकुम पर्व
२०८३ भाद्र १२, शुक्रबार
पृथ्वी राजमार्गको अवरोध खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
२०८३ भाद्र १२, शुक्रबार
एनसेलको निःशुल्क भ्वाइस, डेटा तथा एसएमएस सेवा थप सात दिन थप
२०८३ भाद्र १२, शुक्रबार
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
२०८३ भाद्र १२, शुक्रबार