काठमाडौँ । पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा तिव्र उत्तरचढाव आएको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाबको प्रभाव स्वदेशी बजारमा समेत परेसँगै यो साता सुनको मूल्य बढेको हो ।
गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा सुन तोलामा २ हजार ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने यो साताको शुक्रबार २ लाख ८३ हजार रुपैयाँ पुगेको हो ।
त्यसैगरी साताको पहिलो कारोबार दिन आइतबार एकैदिन सुनको भाउ तोलामा ८ हजार ३०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार भने सुनको मूल्यमा वृद्धि भएको थियो । सोमबार सुन तोलामा २ हजार ३०० रुपैयाँले बढेसँगै प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार पनि सुन तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा किनबेच भएको थियो भने बुधबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार भने सुनको मूल्यमा उच्च वृद्धि भएको थियो । बिहीबार एकैदिन सुन तोलामा १३ हजार ३०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार भने सुनमा उच्च गिरावट आएको थियो । शुक्रबार एकैदिन सुन तोलामा ५ हजार ९०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भई यो साताको लागि कारोबार बन्द भएको हो ।
यो साता चाँदीको मूल्यमा उत्तरचढाव कायमसँगै सामान्य गिरावट आएको छ । गत साताको शुक्रबार प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी यो साताको शुक्रबारसम्ममा १५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ८१० रुपैयाँ पुगेको हो ।
साताको पहिलो कारोबार दिन आइतबार चाँदी तोलामा १७५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार भने चाँदी तोलामा ७० रुपैयाँले बढेर प्रतितोला ३ हजार ७२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
मंगलबार तोलामा ४५ रुपैयाँले घटेर प्रतिोला ३ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार फेरी २० रुपैयाँले घटेर प्रतितोला ३ हजार ६५५ रुपैयाँमा किनबेच भएको थियो ।
बिहीबार भने चाँदीमा उच्च वृद्धि भएको थियो बिहीबार चाँदी तोलामा २६५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो । साताको अन्तिम कारोबार दिन शुक्रबार भने चाँदी तोलामा ११० रुपैयाँले घटेर प्रतितोला ३ हजार ८१० रुपैयाँ कायम भएर यो साताको कारोबार बन्द भएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया