भाद्र १४, २०८३ आइतबार August 30, 2026

रसुवा–नुवाकोटका थप सात स्थानमा टेलिकम सेवा पुनः सञ्चालन

बाढी प्रभावित क्षेत्रमा थप सात स्थानमा टेलिकम सेवा सुचारु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, भदौ गते । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज सेवा सुचारु गरेको छ । यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बीटीएस साइटहरु पुनः सञ्चालनमा आएका छन् ।

आज सञ्चालनमा आएका साइटहरूमा रसुवा जिल्लाअन्तर्गत नेपाल–चीन सिमानामा रहेको रसुवा बोर्डर साइटलगायत अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ साइटहरु रहेका नेपाल टेलिकमले जनाएको छ ।

त्यसैगरी नुवाकोटको चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइट पनि पुनः सञ्चालनमा आएका छन् । रसुवा बोर्डर बीटीएस साइटमार्फत नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर र स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म सेवा पुनः सञ्चालनमा आएका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिनुभयो ।

अपर सेन्जेन साइटबाट चिलिमे, लामागाउँ, आमाछोङदिमो–५ लगायतका स्थानमा मोबाइल सेवा उपलब्ध हुनेछ । त्यस्तै छापथोके साइटबाट मोबाइल सेवा प्राप्त हुने स्थानहरु बेत्रावती, काउली, त्रिशूली थ्रीबी, उत्तरगया गाउँपालिका र किस्पाङ रहेका उहाँले बताउनुभयो ।

जिपजिपे साइटबाट सेवा प्राप्त हुने स्थानहरु कालिका गाउँपालिकाका वडा नम्बर २ र ५, धारापानी र देउरालीडाँडा रहेका छन् । त्यसैगरी गत्लाङ बीटीएस साइटमार्फत गत्लाङ, गोल्जुङ, चिलिमे, ठुलो भार्खु, शेर्पा गाउँ, ठूलो स्याफ्रु, स्याफ्रुबेसी, खाङजुम र बरिम रहेका छन् ।

चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइटबाट बिदुर नगरपालिकाको वडा नम्बर १२ र १३ मा मोबाइल सेवा सुचारु भएको छ ।

विपद्को यस अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन नेपाल टेलिकमका प्राविधिकहरु निरन्तर खटिइरहनु भएको र कम्पनी सदाझै सेवा सुनिश्चितताको लागि प्रतिवद्ध रहेको नेपाल टेलिकमले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काँग्रेस संसदीय दलको बैठक सोमबार बस्ने
२०८३ भाद्र १४, आइतबार
देशभर मनसुनी वायुको प्रभाव : दुई प्रदेशमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र १४, आइतबार
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
२०८३ भाद्र १४, आइतबार
आवश्यकता अनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई
२०८३ भाद्र १४, आइतबार
अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र १४, आइतबार
चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता : सलहेस सेमिफाइनल प्रवेश
२०८३ भाद्र १४, आइतबार
प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने
२०८३ भाद्र १४, आइतबार