काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक सोमबार बोलाएको छ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ।
काँग्रेस संसदीय दलका अनुसार बैठक बिहान ११ बजे सुरु हुनेछ। बैठकमा छलफल हुने विषय वा कार्यसूची भने सार्वजनिक गरिएको छैन।
बैठकमा समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल हुने भए पनि औपचारिक एजेन्डाबारे दलले कुनै जानकारी दिएको छैन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया