भाद्र १४, २०८३ आइतबार August 30, 2026

देशभर मनसुनी वायुको प्रभाव : दुई प्रदेशमा भारी वर्षाको सम्भावना

मङ्गलबार पनि देशको हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म्को वर्षा, हिमपात हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, भदौ १४ गते ।  जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

आइतबार राति कोशी प्रदेशको पहाडी र तराई तथा बागमती प्रदेशको हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

सोमबार देशभर साधारणतया बादल लाग्नेछ भने देशको हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म वर्षा, हिमपातको सम्भावना छ । सो दिन देशको पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मङ्गलबार पनि देशको हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म्को वर्षा, हिमपातको सम्भावना छ । देशको पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ऊर्जामन्त्री श्रेष्ठसँग विभाग र केन्द्रका अधिकारीको छलफल
२०८३ भाद्र १४, आइतबार
किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु
२०८३ भाद्र १४, आइतबार
रास्वपा सभापति रवि लामिछाने र मुख्यमन्त्री थापाबीच भेटवार्ता
२०८३ भाद्र १४, आइतबार
काँग्रेस संसदीय दलको बैठक सोमबार बस्ने
२०८३ भाद्र १४, आइतबार
देशभर मनसुनी वायुको प्रभाव : दुई प्रदेशमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र १४, आइतबार
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
२०८३ भाद्र १४, आइतबार
आवश्यकता अनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई
२०८३ भाद्र १४, आइतबार