भाद्र १४, २०८३ आइतबार August 30, 2026

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन : सञ्चारमन्त्री डा. तिमिल्सिना

तत्काललाई त्रिशूली नदी वारपार जोड्न तीनवटा स्थानमा बेलिब्रिज राख्न पहल गरिसकेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नुवाकोट, भदौ १४ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेका उद्धार, राहत सामग्री वितरण तथा शव सङ्कलन लगायतमा सरकारले गरिरहेको कामबारे आज जानकारी गराउँदै मन्त्री डा. तिमिल्सिनाले शव सङ्कलनकै लागि दुई वटा  ‘डेडिकेटेड’ हेलिकप्टर सञ्चालन गरिएको जानकारी दिनुभयो ।

मन्त्री डा. तिमिल्सिनाले पूर्ण रुपमा विस्थापितलाई गाँसबास सहितको व्यवस्था गरी  ‘होल्डिङ सेन्टर’ मा राखिएको बताउनुभयो । अहिले पनि विभिन्न जलविद्युत आयोजनाका सुरुङमार्गमा फसेका भनिएकाको जीवितै उद्धार गर्ने प्रयासमा सरकार अहोरात्र खटिरहेको उहाँको भनाइ छ।

“बाढीबाट जोगिने क्रममा विभिन्न स्थानमा फसेकालाई खोज गरेर उद्धार गर्ने प्रयास भइरहेको छ” मन्त्री डा. तिमिल्सिनाले भन्नुभयो, “जीवितै फेला पार्न सकिन्छ भन्ने आशा छ । संसारभर उद्धारको इतिहासमा त्यस्ता कतिपय चमत्कार भएका घटना पनि छन् ।”

मन्त्री डा. तिमिल्सिनाले तत्काललाई त्रिशूली नदी वारपार जोड्न तीनवटा स्थानमा बेलिब्रिज राख्न पहल गरिसकेको उल्लेख गर्नुभयो । त्यसका लागि देवीघाट, ढुङ्गे र बेत्रावती क्षेत्र प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ऊर्जामन्त्री श्रेष्ठसँग विभाग र केन्द्रका अधिकारीको छलफल
२०८३ भाद्र १४, आइतबार
किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु
२०८३ भाद्र १४, आइतबार
रास्वपा सभापति रवि लामिछाने र मुख्यमन्त्री थापाबीच भेटवार्ता
२०८३ भाद्र १४, आइतबार
काँग्रेस संसदीय दलको बैठक सोमबार बस्ने
२०८३ भाद्र १४, आइतबार
देशभर मनसुनी वायुको प्रभाव : दुई प्रदेशमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र १४, आइतबार
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
२०८३ भाद्र १४, आइतबार
आवश्यकता अनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई
२०८३ भाद्र १४, आइतबार