कार्तिक २२, २०८३ आइतबार November 8, 2026

बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो

ऐतिहासिक घटनाको स्मरण तथा बङ्गलादेशको इतिहासमा त्यस दिनको महत्व उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २२ कात्तिक: काठमाडौँस्थित बङ्गलादेशी दूतावासले विविध कार्यक्रम आयोजना गरी बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाएको छ ।

सन् १९७५ नोभेम्बर ७ तारिखमा भएको ऐतिहासिक घटनाको स्मरण तथा बङ्गलादेशको इतिहासमा त्यस दिनको महत्व उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको प्रारम्भ बङ्गलादेशको राष्ट्रिय झण्डोत्तोलन गरी गरिएको थियो भने वक्ताहरूले सहिदको आत्माको चिरशान्ति तथा देशको निरन्तर शान्ति र समृद्धिको कामना गर्दै विशेष प्रार्थना गरिएको थियो ।

दिवसका अवसरमा बङ्गलादेशका राष्ट्रपति र प्रधानमन्त्रीले जारी गर्नुभएका शुभकामना सन्देशसमेत वाचन गरिएको थियो । यसैगरी दिवसको ऐतिहासिक पृष्ठभूमि र महत्त्व झल्काउने दुई वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

वक्ताहरूले ऐतिहासिक महत्त्व, राष्ट्र निर्माणको प्रक्रियामा त्यसले पुर्‍याएको योगदान तथा बङ्गलादेशको राजनीतिक इतिहासमा त्यसको भूमिकाबारे चर्चा गर्नुभएको थियो । उहाँहरूले बहुदलीय प्रजातन्त्र, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पुन:स्थापनामा सहिद एवं प्रथम राष्ट्रपति जियाउर रहमानले निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्नुभयो ।

साथै राष्ट्रिय एकता, सार्वभौमिकता र जनताको सामूहिक आकाङ्क्षाको संरक्षण गर्दै मुलुकको स्वतन्त्रता र लोकतान्त्रिक यात्रालाई अघि बढाउन उहाँले पुर्‍याउनुभएको योगदानको पनि चर्चा गरिएको थियो ।

बङ्गलादेशका लागि नेपालका राजदूत शफिकुर रहमानले बङ्गलादेशको राजनीतिक इतिहासको महत्वपूर्ण मोडका रूपमा व्याख्या गर्नुभयो । उहाँले स्वतन्त्रताका उद्घोषक तथा ‘वीर उत्तम’ उपाधिप्राप्त सहिद राष्ट्रपति रहमानलाई सोही दिन सैनिक सहकर्मी र आमनागरिकले बन्दी अवस्थाबाट मुक्त गराएको स्मरण गर्नुभयो ।

त्यसपछि गम्भीर सङ्कटबाट मुलुकलाई बाहिर निकाल्ने जिम्मेवारी उहाँलाई सुम्पिएको उहाँले बताउनुभयो । उहाँले बङ्गलादेशमा उत्पादनमुखी राजनीतिको सुरुआत गर्ने अग्रणी व्यक्तित्वका रूपमा राष्ट्रपति हमानको महत्वपूर्ण भूमिका र उहाँको दीर्घकालीन योगदानको पनि चर्चा गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार