कार्तिक २२, २०८३ आइतबार November 8, 2026

चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : प्रदेश प्रमुख देवकोटा

नेवार समुदायको म्हपूजाले आत्मबोध, भाइटीकाले पारिवारिक सम्बन्ध तथा छठले प्रकृति र मानवबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

हेटौँडा, २२ कात्तिक: बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालीका मौलिक चाडपर्वले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउने बताउनुभएको छ । राष्ट्रिय एकतालाई बलियो बनाउने बताउनुभएको छ ।

नेपाल संवत् ११४७, भाइटीका तथा छठ पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले विविध भाषा, धर्म र संस्कृतिले सम्पन्न नेपाली समाजमा चाडपर्वले आपसी एकता र सहअस्तित्वलाई प्रगाढ बनाउने उल्लेख गर्नुभएको हो ।

प्रदेश प्रमुख देवकोटाले तिहारलाई अन्धकारमाथि उज्यालो र निराशामाथि आशाको विजयको प्रतीकका रूपमा उल्लेख गर्दै नेपाल संवत् नेपालीको मौलिकता, स्वाभिमान र सांस्कृतिक पहिचानको महत्वपूर्ण धरोहर रहेको बताउनुभएको छ ।

उहाँले नेवार समुदायको म्हपूजाले आत्मबोध, भाइटीकाले पारिवारिक सम्बन्ध तथा छठले प्रकृति र मानवबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उल्लेख गर्नुभएको छ ।

राष्ट्रिय स्वाभिमान, एकता र सहअस्तित्वलाई आत्मसात् गर्दै अघि बढ्नु आजको आवश्यकता रहेको बताउँदै प्रदेश प्रमुख देवकोटाले यी पर्वले शान्त, सभ्य र समृद्ध नेपाल निर्माणमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया