कार्तिक २३, २०८३ सोमबार November 9, 2026

परराष्ट्रमन्त्री र इथियोपियाका विदेशमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

दुवै देशबिचको मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) का अवसरमा इथियोपियाका विदेशमन्त्री गेडियन टिमोथियोससँग द्विपक्षीय भेटवार्ता गरेका छन्।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले जलवायु परिवर्तनका कारण नेपालमा हालै भएका विनाशकारी विपद्पछि नेपालप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेकामा इथियोपिया सरकार तथा त्यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गरे।

उनले समानता, साझा वातावरणीय उत्तरदायित्व र बहुपक्षीय साझेदारीमा आधारित विश्वव्यापी जलवायु कार्यलाई कोप-३१ तथा इथियोपियाको आगामी कोप अध्यक्षताका क्रममा अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताए।

भेटमा दुवै देशबिचको मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको थियो।

सो अवसरमा जलवायु परिवर्तन, अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति, व्यापार, हवाई सम्पर्क विस्तार, पर्यटन तथा जनस्तरको सम्बन्ध अभिवृद्धिलगायत आपसी हितका विविध विषयमा छलफल भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा देश जलाउने दुवै जनताका शत्रु हुन् : प्रेम सुवाल
२०८३ कार्तिक २४, मंगलबार
देउसी-भैलोलाई अनुशासित रुपमा सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन
२०८३ कार्तिक २३, सोमबार
परराष्ट्रमन्त्री र इथियोपियाका विदेशमन्त्रीबिच द्विपक्षीय भेटवार्ता
२०८३ कार्तिक २३, सोमबार
एनपीएलमा काठमाडौं गोर्खाजको तेस्रो जित, लुम्बिनीको अपराजित यात्रा समाप्त
२०८३ कार्तिक २३, सोमबार
छ सयभन्दा बढी गाईको सामूहिक पूजा
२०८३ कार्तिक २३, सोमबार
घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन
२०८३ कार्तिक २३, सोमबार
पाराग्वेका पूर्वराष्ट्रपतिको घरमा प्रहरी छापा
२०८३ कार्तिक २३, सोमबार