भाद्र १४, २०८३ आइतबार August 30, 2026

चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता : सलहेस सेमिफाइनल प्रवेश

अन्तिम क्वार्टरफाइलनमा नेपाल पुलिस क्लब र झापा–११ बिच खेल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ताप्लेजुङ, भदौ १४ गते । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा सिराहाको सलहेस युथ क्लब पुगेको छ ।

साविक विजेतासमेत रहेको सलहेस युथ क्लब सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको हो ।

आइतबार भएको तेस्रो क्वार्टरफाइनलमा निर्धारित समयावधिमा दुवै टोलीबाट १–१ गोल बराबरी भएपछि निर्णयका लागि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो । पहिलो हाफमै दुवै टोलीको तर्फबाट एक–एक गोल भएको थियो भने सलहेसले सुरुमा गोल गर्दै खेलमा अग्रता लिएको थियो ।

सलहेसले सुरुमा गोल गरी अग्रता लिए पनि केही मिनेट नबित्दै सातदोबाटोको तर्फबाट गोल भएपछि खेल बराबरीमा पुगेको थियो । पेनाल्टी सुटआउटमा सलहेसका फागुराम थारु, सनिष श्रेष्ठ, निसकुमार श्रेष्ठ र दीप कार्कीले गोल गर्नुभएको थियो ।

सातदोबाटोका तर्फबाट भने विशाल भण्डारी, शिला (विदेशी खेलाडी) र श्याम मुर्मुले गोल गर्नुभएको थियो । पेनाल्टी सुटआउटमा सलहेसका रोहन कार्की गोल गर्नबाट चुक्दा सातदोबाटोका विश्व लामा र सामेल सुनुवार गोल गर्न असफल हुनुभयो ।

सलहेससँग पराजित भएको सातदोबाटो युथ क्लब प्रतियोगिताबाट बाहिरिएको छ । आइतबारको खेलमा सलहेसका गोलरक्षक दीप कार्कीले म्यान अफ दि म्याच बन्दै सात हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

यसअघि उद्घाटन खेलमा विजयी हुँदै भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङ्पोङ र दोस्रो क्वार्टरफाइनलमा विजयी बनेको पाँचथरको फिदिम स्पोर्टिङ क्बल सेमिफाइनल पुगिसकेका छन् । त्यस्तै उद्घाटन र दोस्रो क्वार्टरफाइनल खेलमा पराजित भएका टोली क्रमशः आयोजक ताप्लेजुङ–११ र चित्लाङ फुटबल क्लब काठमाडौं प्रतियोगिताबाट बाहिरिएका छन् ।

आठ टोलीको सहभागिता रहेको प्रतियोगिताको सोमबार हुने अन्तिम क्वार्टरफाइलनमा नेपाल पुलिस क्लब र झापा–११ बिच खेल हुने आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । भदौ १९ गते सम्पन्न हुने प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८३ रुपियाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छ ।

यस वर्ष प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले मोटरसाइकल पुरस्कार पाउने आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । त्यस्तै, टिकट काटेर खेल हेर्ने एकजना भाग्यशाली दर्शकलाई पनि स्कुटर उपहारस्वरूप प्रदान गरिने शेर्पाले बताउनुभयो ।

विं.स. २०२९ सालदेखि लाखेजात्राको अवसरमा विभिन्न नामबाट खेलाइँदै आएको प्रतियोगिता पछिल्लो चार वर्षयता ताप्लेजुङ गोल्डकपको नामबाट आयोजना गरिँदै आएको छ । प्रतियोगिता सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ऊर्जामन्त्री श्रेष्ठसँग विभाग र केन्द्रका अधिकारीको छलफल
२०८३ भाद्र १४, आइतबार
किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु
२०८३ भाद्र १४, आइतबार
रास्वपा सभापति रवि लामिछाने र मुख्यमन्त्री थापाबीच भेटवार्ता
२०८३ भाद्र १४, आइतबार
काँग्रेस संसदीय दलको बैठक सोमबार बस्ने
२०८३ भाद्र १४, आइतबार
देशभर मनसुनी वायुको प्रभाव : दुई प्रदेशमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र १४, आइतबार
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
२०८३ भाद्र १४, आइतबार
आवश्यकता अनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई
२०८३ भाद्र १४, आइतबार