असार २७, २०८२ शुक्रबार July 11, 2025

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । १७ गते दिउँसो १ बजे बैठक बोलाइएको कार्यालयका प्रमुख सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिको छ । पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भव, सानेपामा बस्ने बैठकमा हालै सरकारले ल्याएका दुई अध्यादेशको विषयमा छलफल हुने बुझिएको छ ।

बुधबार मात्रै कांग्रेसका ११ जना केन्द्रीय सदस्यहरुले वर्तमान सरकारले शासन सञ्चालनको वैधता गुमाइसकेको ठहर गर्दै आन्दोलनबारे ठोस निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरेका थिए ।

संकटको बेलामा सरकारले ‌औचित्यहीन दुई अध्यादेश ल्याएकोले त्सविरुद्ध प्रतिरोध आन्दोलन गर्नु पर्ने कांग्रेस केन्द्रीय सदस्यहरुको माग छ ।
सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्नसक्ने सम्बन्धी व्यवस्था गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया