भाद्र ३, २०८३ बुधबार August 19, 2026

सांसदहरुको अभिमुखीकरण तालिम आज पनि

पुर्व अर्थमन्त्री युवराज खतिवडा, नेपाल कानुन आयोगका पुर्व अध्यक्ष माधवप्रसाद पौडेल लगायतले सम्बोधन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधि सभा सदस्यहरूका लागि दिईएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउने भएको छ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहिबारबाट सुरू भएको अभिमुखीकरण कार्यक्रमले शुक्रबार पनि निरन्तरता पाउन लागेको हो । प्रतिनिधिसभामा विजयी भएका सांसदहरु के कसरी बैठक र समितिको बैठकमा सहभागी हुने तथा यसका मान मर्यादाका बारेमा अग्रजहरुले जानकारी दिने तथा अनुभव साट्ने कार्यक्रम रहेको छ । जसअनुसार बिहिबारको अभिमुखीकरण कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, खिमलाल देवकोटालगायतले आ–आफना अनुभव साटेका थिए ।

शुक्रबार हुने बैठकको दोस्रो सत्रमा पुर्व अर्थमन्त्री युवराज खतिवडा, नेपाल कानुन आयोगका पुर्व अध्यक्ष माधवप्रसाद पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष बिष्णुराज उप्रेती, संसद सचिवालयका सचिव रोजनाथ पाण्डेलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । संसद सचिवालयको आयोजनामा भएको कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई संसदबारे जानकारी गराइनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मन्त्रिपरिषद् बैठकबाट ११ वटा प्रमुख निर्णय सार्वजनिक (सूचीसहित)
२०८३ भाद्र ३, बुधबार
प्रतिनिधिसभा बैठकमा सांसदहरुद्वारा बाढीपीडितलाई राहत र खेलक्षेत्रको सुधार गर्न आग्रह
२०८३ भाद्र ३, बुधबार
दलको विधान संशोधन गर्दै रास्वपा
२०८३ भाद्र ३, बुधबार
प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता (तश्वीरमा हेर्नुहोस्)
२०८३ भाद्र ३, बुधबार
सय वटा काम गर्दा चार पाँचवटा काममा प्रश्नहरू आउनु स्वाभाविक : रवि लामिछाने
२०८३ भाद्र ३, बुधबार
इरानसँग तत्काल वार्ताको कुनै योजना नभएको ट्रम्पको खुलासा
२०८३ भाद्र ३, बुधबार
रास्वपा सांसदले छठ पछाडी पिटाई खाने अमरेश सिंहको दाबी
२०८३ भाद्र ३, बुधबार