काठमाण्डौः समाजवादी पार्टी विभाजनको अन्तिम संघारमा पुगेको छ । सोमबार सरकारले अध्यादेश मार्फत पार्टी विभाजन गर्न सजिलो हुने गरी राजनीतिक दलसम्बन्धी ऐन संशोधन गरेपछि समाजवादी पार्टी विभाजनको अन्तिम संघारमा पुगेको हो।
उक्त अध्यादेश जारी भएसँगै जुनसुकै पार्टीमा केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा मात्र ४० प्रतिशत पुर्याए दल विभाजन गर्न पाइनेछ। प्रतिनिधि सभामा १७ सिट सांसद रहेको समाजवादी पार्टी विभाजन गर्नका लागि ७ सिट आवश्यक पर्ने र त्यसका लागि अन्तिम दौडधुप सुरु भएको हो।
समाजवादी पार्टीबाट रेणु यादव, महोमद इस्तियाक राई, विमल श्रीवास्तव, डा. सुरेन्द्र यादव, प्रदीप यादव लगायतका सात जना सांसदले दल विभाजनका लागि निवेदन दिने गृहकार्य अन्तिम चरणमा पुर्याएको समाजवादी पार्टीका एक नेताले जानकारी दिए।
ती नेताका अनुसार उनीहरुले एक दुई दिनभित्रै सभामुख समक्ष नयाँ पार्टीको प्रस्ताव सहित निवेदन दिने तयारीमा रहेका छन्।
यता समाजवादी पार्टीबाट अलग भइ सांसदहरु सत्तारुढ पार्टीमा जानबाट रोक्न पार्टी अध्यक्षद्वय भट्टराई र यादवले राजपासँग छिट्टै एकता गर्नका लागि बुधबार एक चरण छलफल शुरु गरेका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया