असार २७, २०८२ शुक्रबार July 11, 2025

दल दर्ताका लागि निर्वाचन आयोग जाँदै जनता समाजवादी पार्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । जनता समाजवादी पार्टी बिहीबार दल दर्ताका लागि निर्वाचन आयोग जाने भएको छ । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबिच बुधबार अबेर राति पार्टी एकताको सहमति भएको थियो ।

नयाँ एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको हो । पार्टीको झण्डा समाजवादीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बिचमा तारा राख्ने र चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता राख्ने सहमति भए अनुसार बिहीबार दल दर्ताका लागि जाने तयारी भएको हो । नेता केशव झाले भिडभाड नहुने गरी दल दर्ताका लागि जाने तयारी भएको र त्यसका लागि आयुक्तहरुसँग परामर्श गरेको बताएका छन् ।

सरकारले दल विभाजनका लागि खुुकुलो हुने गरी राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशबाट संशोधन गरेपछि समाजवादी विभाजन हुने निश्चित भएको अवस्थामा दुई दलले एकता घोषणा गरेका हुन् । दुवै दलसँग संघीय संसदमा १७–१७ जना सांसद रहेका छन् ।

समाजवादीका कम्तिमा सातजना सांसदले एक–दुई दिनभित्रै पार्टी विभाजन गर्ने अन्तिम तयारी गरेपछि राजपा र समाजावादी त्यसलाई समेत रोक्ने गरी एकताका लागि तयार भएका हुन् ।

यी दुई पार्टीबिच एकताका लागि यसअघि नै गृहकार्य हुँदै आए पनि समाजवादी सरकारमा भएका कारण रोकिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस केन्द्रित दललाई विभाजन गर्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि उनीहरु काउण्टर दिन एक ढिक्का भएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया