भाद्र ३, २०८३ बुधबार August 19, 2026

गण्डकीमा विनियोजन ऐन संशोधन गरिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेशसभाको शुक्रवारको बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ प्रस्तुत भएको छ ।

प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गर्नुभएको हो । प्रदेश सरकारले चालु आवको विनियोजित बजेट रकमान्तर गरी खर्च गर्न विधेयक संशोधनको प्रक्रिया अगाडि बढाएको हो । बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत पुँजीगत खर्च वृद्धि गर्ने सरकारको लक्ष्य छ ।

विनियोजन ऐन संशोधन विधेयकमाथि आउँदो मङ्गलबार बस्ने प्रदेशसभा बैठकमा छलफल हुने जनाइएको छ । शुक्रवारको बैठकको शून्य र विशेष समयमा प्रदेशसभा सदस्यले विकास निर्माण र जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभा सदस्य लिलबहादुर थापाले प्रदेशको स्वायत्त अधिकारलाई स्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले समृद्ध गण्डकीको लक्ष्य पूरा गर्न साझा योजना र सङ्कल्प चाहिने उल्लेख गर्नुभयो । अर्का सदस्य पद्मा जिसीले नवलपुरका किसानले मल, बीउ र सिँचाइ सुविधा नपाएकोबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पछिल्लो समय बढ्दो मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विशेष योजना ल्याउनुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य सुधीरकुमार पौडेलले स्याङ्जाका किसानले चिस्यान केन्द्रमा राखेको दुई सय ९३ टन सुन्तला कुहिएकाले उचित क्षतिपूर्ति दिइनुपर्ने माग राख्नुभयो । प्रदेशसभा सदस्य प्रकाश बरालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि प्रदेश सरकारले पहल लिनुपर्ने उल्लेख गर्नुभयो ।

अर्का सदस्य हरिबहादुर भण्डारीले पटक पटक म्याद थप हुँदा पनि म्याग्दी जिल्ला अस्पताल भवन निर्माण हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य विन्दु अधिकारी पहाडीले एकल महिलालाई आत्मनिर्भर बनाउन सीप र प्रविधि दिनुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले प्रदेश संरचनाको औचित्यमाथि उठिरहेको प्रश्नको भरोसायोग्य जवाफ दिनुपर्ने धारणा राख्नुभयो । उहाँले प्रदेशसभाको पहिलो कार्यकालमा भएका कामकारबाहीबारे श्वेतपत्र जारी गर्नुपर्ने बताउनुभयो ।

बैठकमा प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा, टकराज गुरुङ, श्यामराजा महत, सरस्वती गुरुङ, लक्ष्मण पाण्डे, महेश भट्टराई, भोजराज अर्याल, भक्त कुँवर, दिलमाया पौवी, दयमन्ती रुचाल, गोविन्दबहादुर नेपाली, कृष्णप्रसाद पाठकलगायतले बोल्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक आउँदो मङ्गलबार दिनको १ बजे बस्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मन्त्रिपरिषद् बैठकबाट ११ वटा प्रमुख निर्णय सार्वजनिक (सूचीसहित)
२०८३ भाद्र ३, बुधबार
प्रतिनिधिसभा बैठकमा सांसदहरुद्वारा बाढीपीडितलाई राहत र खेलक्षेत्रको सुधार गर्न आग्रह
२०८३ भाद्र ३, बुधबार
दलको विधान संशोधन गर्दै रास्वपा
२०८३ भाद्र ३, बुधबार
प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता (तश्वीरमा हेर्नुहोस्)
२०८३ भाद्र ३, बुधबार
सय वटा काम गर्दा चार पाँचवटा काममा प्रश्नहरू आउनु स्वाभाविक : रवि लामिछाने
२०८३ भाद्र ३, बुधबार
इरानसँग तत्काल वार्ताको कुनै योजना नभएको ट्रम्पको खुलासा
२०८३ भाद्र ३, बुधबार
रास्वपा सांसदले छठ पछाडी पिटाई खाने अमरेश सिंहको दाबी
२०८३ भाद्र ३, बुधबार