कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

झापामा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग दर्ता

नयाँ दर्ता भएकामध्ये झण्डै ४४ प्रतिशत अर्थात् २२२ वटा कृषि तथा वनजन्य उद्योग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः झापामा ६ महिनामा १ अर्ब बढीका उद्योग दर्ता भएका छन्। आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्ममा स्थायी र चालू गरी १ अर्ब ३१ करोड ३८ लाख ८९ लाख कूल पुँजी भएका ५०५ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए।

जिल्लामा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएकामध्ये झण्डै ४४ प्रतिशत अर्थात् २२२ वटा कृषि तथा वनजन्य उद्योग छन्। दर्ता भएकामा उत्पादनमूलक ७९ र सेवामूलक २०४ उद्योग रहेका कार्यालयका कर्मचारी चन्द्र पौडेलले जानकारी दिए। साउनमा १०७, भदौमा १४४, असोजमा ५३, कात्तिकमा ४९, मंसिरमा ७७ र पुसमा ७५ वटा उद्योग दर्ता भएका छन्। दर्ता भएका ती उद्योगमा महिला र पुरुष गरी ५४२ उद्यमी छन्।

ती उद्योग सञ्चालनमा आएमा १ हजार २८९ जनाले रोजगारी समेत पाउने देखिन्छ। दर्ता भएका उद्योगको उत्पादन क्षमता वार्षिक १ अर्ब ३९ करोड ६० लाख ४ हजार छ। उद्योग दर्ताबापत कार्यालयले २० लाख १० हजार ७०० राजस्व संकलन गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह
२०८३ कार्तिक २७, शुक्रबार
बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै
२०८३ कार्तिक २७, शुक्रबार
आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न
२०८३ कार्तिक २७, शुक्रबार
टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध
२०८३ कार्तिक २७, शुक्रबार
सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल
२०८३ कार्तिक २७, शुक्रबार
देउसीभैलोको दक्षिणा माध्यमिक कक्षा सञ्चालनमा
२०८३ कार्तिक २७, शुक्रबार
२३ खेलमा प्रतिस्पर्धा गर्न इलामका ३७० खेलाडी प्रदेश छनोटमा जाँदै
२०८३ कार्तिक २७, शुक्रबार