चैत्र १६, २०८० शुक्रबार March 29, 2024

सुनको मूल्य घट्यो : प्रति तोला कति पुग्यो ?

चाँदी प्रतितोला एक हजार ३ सय २० रुपैयाँमा कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साताको पहिलो दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला एक लाख ४ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।

शुक्रबार पनि सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।गत साता मूल्य बढ्दै प्रतितोला एक लाख ७ हजार रुपैयाँसम्म पुगेको सुन दुई दिनमा तोलामा ३४ सय रुपैयाँले घटेको छ।

चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रतितोला एक हजार ३ सय २० रुपैयाँ कायम छ। शुक्रबार चाँदी तोलामा ३० रुपैयाँले घट्दै प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँ थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया