असार २२, २०८२ आइतबार July 6, 2025

कोरोना महामारीः विश्वभर १ लाख ८४ हजारबढीको मृत्यु, ८० हजार नयाँ संक्रमित थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारीबाट १ लाख ८४ हजार ६६ संक्रमितको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ६ हजार ६ सय ७ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बधबार नै विश्वभर ७९ हजार ९ सय ५९ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो सँगै कोरोना संक्रमितको संख्या २६ लाख ३५ हजार ७१९ पुगेको छ ।

कोरोना भाइरसको महामारी हाल विश्वका २१० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको छ ।

अमेरिकामा विश्वकै सबैभन्दा धेरै संक्रमित भएका छन् भने सबैभन्दा धेरै मानिसको ज्यान पनि गएको छ । अमेरिकामा ४७ हजार ६५९ संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २ हजार ३४१ संक्रमितले ज्यान गुमाएका छन् ।

कोरोना अपडेट तालिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया