श्रावण १, २०८२ बिहिबार July 17, 2025

चिनियाँ बेलुनलाई अमेरिकाले लडाकु विमान प्रयोग गरेर खसाल्यो

साउथ क्यारोलाइनाको तटीय क्षेत्र पार गरेको चिनियाँ बेलुनलाई गोली हानेर खसाइदिएकामा पाइलटहरूलाई राष्ट्रपति बाइडनको बधाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अमेरिकाले आफ्नो देशको आकाशमा पुगेको चिनियाँ बेलुनलाई खसालिदिएको छ । यसअघि उक्त चिनियाँ बेलुनले सैनिक क्षेत्रहरूको जासुसी गरेको आरोप लगाएको थियो ।

उक्त चिनियाँ बेलुनलाई अमेरिकाले लडाकु विमान प्रयोग गरेको समुद्री क्षेत्रमा खसालेको समाचारमा जनाइएको छ । अमेरिकी रक्षा मन्त्रालयले जनाएअनुसार राष्ट्रपति बाइडनले साउथ क्यारोलाइनाको तटीय क्षेत्र पार गरेको चिनियाँ बेलुनलाई गोली हानेर खसाइदिएकामा पाइलटहरूलाई बधाई दिएका छन् ।

पेन्टागनले उक्त कारबाही वैधानिक भएको बताएको बीबीसीले उल्लेख गरेको छ । तर, चीनले भने उक्त बेलुन मौसम अवलोकनका लागि छाडिएको र बाटो बिराएको बताउँदै आएको थियो । अमेरिकाले बेलुनलाई खसालेकामा चीनले असन्तुष्टि जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालयले अमेरिकी सञ्चारमाध्यमलाई त्यसको भग्नावशेष मटल बीच, साउथ क्यारोलाइना नजिकै ४७ फिट गहिरो पानीमा खसेको जानकारी दिएको छ । उक्त बेलुनको भग्नावशेष संकलनका लागि दुई वटा नौसैनिक पानी जहाज र एउटा क्रेन परिचालन गरिएको समाचारमा जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार