वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

नेकपा एसको राष्ट्रिय महाधिवेशन एक वर्षपछि हुने

आगामी २०८० साल फागुनभित्रमा राष्ट्रिय महाधिवेशन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (एकीकृत समाजवादी)ले आउँदो २०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । शनिबार र आइतबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठकले महाधिवेशनको मिति तय गरेकोे पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

यसैगरी आइतबारको बैठकले शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने तथा पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरिएको उनले बताए । उनले भने, ‘आगामी २०८० साल फागुनभित्रमा राष्ट्रिय महाधिवेशन गर्ने तथा पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय भएको छ, सोहीअनुसार अगाडि बढ्छौँ ।’ रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया