भाद्र ३, २०८३ बुधबार August 19, 2026

राष्ट्रियसभाबाट तीन विधेयक पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

सो प्रस्तावमाथि सांसद खिमलाल देवकोटाले यो विधेयक सकारात्मक रहेको बताउँदै स्थानीय र प्रदेश सरकारको भूमिकासमेत यसमा स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले सबै प्रकारका आयोजनालाई प्रभावकारी बनाउन तीनवटै तहका सरकारकातर्फबाट अनुगमन गर्ने व्यवस्था गर्नुपर्ने र विधेयकमा यससम्बन्धी प्रावधान राख्नुपर्नेमा जोड दिनुभयो ।

सांसद देवकोटाले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै मन्त्री शर्माले विकास आयोजनाको प्रभावकारी अनुमगन र मूल्याङ्कन हुन नसक्दा अपेक्षित लाभ हुन नसकेका सन्दर्भमा आमचासोलाई सम्बोधन गर्दै सरकारले यस विधेयकलाई अगाडि बढाइएको बताउनुभयो ।

यस्तै बैठकले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७’ सर्वसहमतिले पारित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको तर्फबाट मन्त्री शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ सर्वमम्मतिले पारित गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही माघ २७ गते शुक्रबार ५ बजे बस्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मन्त्रिपरिषद् बैठकबाट ११ वटा प्रमुख निर्णय सार्वजनिक (सूचीसहित)
२०८३ भाद्र ३, बुधबार
प्रतिनिधिसभा बैठकमा सांसदहरुद्वारा बाढीपीडितलाई राहत र खेलक्षेत्रको सुधार गर्न आग्रह
२०८३ भाद्र ३, बुधबार
दलको विधान संशोधन गर्दै रास्वपा
२०८३ भाद्र ३, बुधबार
प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता (तश्वीरमा हेर्नुहोस्)
२०८३ भाद्र ३, बुधबार
सय वटा काम गर्दा चार पाँचवटा काममा प्रश्नहरू आउनु स्वाभाविक : रवि लामिछाने
२०८३ भाद्र ३, बुधबार
इरानसँग तत्काल वार्ताको कुनै योजना नभएको ट्रम्पको खुलासा
२०८३ भाद्र ३, बुधबार
रास्वपा सांसदले छठ पछाडी पिटाई खाने अमरेश सिंहको दाबी
२०८३ भाद्र ३, बुधबार