काठमाण्डौंः बागमती प्रदेशसभाको आज अपराह्न १२ बजे बस्ने भनिएको बैठक विशेष कारणबस माघ २६ गते अपराह्न १ बजे बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही माघ २६ गते बस्ने प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए।
प्रदेशसभा अन्तर्गत रहेको विभिन्न पाँच समितिमा अध्यक्षसहित दलको प्रतिनिधित्व गर्ने सदस्यको नामावली लिएर आजै बसेको सर्वदलीय बैठकमा सहमति हुन नसकेको र साँझसम्ममा दोस्रो सर्वदलीय बैठक बस्न समयको अभावले गर्दा प्रदेशसभाको आजको पूर्ण बैठक स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया