कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

कोशी प्रदेशसभाबाट प्रतिस्थापन विधेयक पारित

अर्को बैठक भोलि बिहान ११ बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
विराटनगर, २३ असार : कोशी प्रदेशसभाबाट ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८२’ सर्वसम्मतले पारित भएको छ ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डरीले आजको बैठकमा उक्त विधेयक पारित गरियोस् भनी गर्नुभएको प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।
उक्त विधेयकमा कुनै पनि संशोधनको प्रस्ताव संसद् सचिवालयमा दर्ता नभएको र सो विधेयकमा दफावार छलफलमा पनि कुनै पनि सांसदले सहभागी जनाउनु भएनन् ।
सभामा ‘महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले सदनमा पेस गर्नुभएको थियो ।
सभाको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट सदस्य रमेशकुमार बस्नेतले देशकै सबैभन्दा ठूला बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीति क्षेत्रबाट मुक्त राख्नुपर्ने बताउनुभयो ।
उहाँले नागरिकको उपचार तथा विशेषज्ञ स्वास्थ्य सेवामा समर्पित यो संस्थामा वार्षिक पाँच लाख नागरिकले बहिरङ्ग सेवा र लगभग ४५ हजार नागरिकले आकस्मिक सेवा लिने गरेको प्रतिष्ठान नेपाल र भारतका निम्ति नमूनायोग्य छ भत्रुभयो । जम्मा ९१५ वटा शय्या रहेको यो प्रतिष्ठानलाई विवादरहित राख्नुपर्ने धारणा राख्नुभयो । उहाँले निजामती कर्मचारी ऐनमा ‘कुलिङ पिरिएड’मा भएको त्रुटिमा कसैले जिम्मेवारी नलिनु अस्वाभाविक हो भन्दै गल्ती गर्नेलाई कारबाही हुनुपर्छ भत्रुभयो ।
प्रदेशसभा सदस्य राजन किरातीले कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले कर्मचारीहरूसँग रकम माग्ने गरेको र रकम नदिए सरुवा गरिदिने समाचार सामाजिक सञ्जालमा छ्यापछ्याप्ती आइरहेकाले सरकारले छानबिन गर्नुपर्ने माग गर्नुभयो । सदस्यहरू गोपालबहादुर बस्नेत, किशोरचन्द्र दुलाल, शोभा चेम्जोङ र ललिताकुमारी चौधरीले पनि विविध विषयमा आफ्ना धारणा राख्नुभएको थियो । अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार