काठमाडौं । तान्जानियाको अरुशामा आयोजित अन्तरव्यवस्थापिका सङ्घको १५३औँ महासभामा सहभागी भएर सभामुख डोलप्रसाद अर्याल आज अपराह्न स्वदेश फर्किएका छन्।
यही असोज १९देखि २३ गतेसम्म भएको महासभामा उनले संसदीय अभ्यासका साथै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, समावेशिता र दिगो विकासका बारेमा धारणा प्रस्तुत गरेका थिए।
सभामुख नेतृत्वको प्रतिनिधिमण्डलले केन्याली संसद्को भ्रमण गरी त्यहाँको संसदीय अभ्यास तथा बजेटनिर्माणबारे पनि जानकारी लिएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया