असोज २७, २०८३ मंगलबार October 13, 2026

जलवायु अन्यायका कारण नेपालले विपद् भोग्नुपरेको हो : संयोजक प्रचण्ड

जलवायु परिवर्तनका कारण नेपालले गम्भीर क्षति बेहोर्नुपरेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकसित तथा पुँजीवादी देशहरूले अपनाएको विकास मोडल र जलवायु अन्यायका कारण नेपालजस्ता मुलुकले ठूलो प्राकृतिक विपद्को सामना गर्नुपरेको बताएका छन् ।

मंगलबार नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले भोटेकोशी तथा त्रिशूली बाढीपीडितका लागि निर्माण गरेका अस्थायी आवास हस्तान्तरण कार्यक्रममा बोल्दै प्रचण्डले जलवायु परिवर्तनका कारण नेपालले गम्भीर क्षति बेहोर्नुपरेको बताएका हुन् ।

‘रसुवा र नुवाकोटमा आएको यो भयानक बाढी तथा अकल्पनीय क्षति केवल प्राकृतिक विपद् मात्र होइन । यो त ठूला पुँजीवादी देशहरूले कार्बन उत्सर्जन गरेर सिर्जना गरेको जलवायु परिवर्तनको दुष्परिणाम हो,’ उनले भने ।

प्रचण्डले आफू प्रधानमन्त्री भएका बेला संयुक्त राष्ट्रसंघका महासचिवलाई नेपाल ल्याएर पग्लिँदै गरेका हिमाल देखाउँदै जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाएको स्मरण गरे।

बाढीपछिको उद्धार तथा राहतमा सरकारले ढिलाइ गरेको आरोप लगाउँदै उनले अन्तर्राष्ट्रिय विज्ञलाई समयमै परिचालन गरिएको भए थप मानवीय क्षति रोक्न सकिने दाबी गरे। बाढी आएको चार–पाँच दिनसम्म विज्ञहरूलाई नबोलाउँदा धेरैको ज्यान गएको उनको आरोप थियो।

उनले आफूले विपद्को खबर पाउनेबित्तिकै उद्धार तथा राहतमा जुट्न अपिल गरेको र भिडियो सन्देशमार्फत निर्देशन दिएको पनि दाबी गरे।

विपद्पछिको सरसफाइ, राहत सामग्री वितरण र प्रतिबद्धताअनुसार अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेको भन्दै उनले वाईसीएलको प्रशंसा गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु अन्यायका कारण नेपालले विपद् भोग्नुपरेको हो : संयोजक प्रचण्ड
२०८३ असोज २७, मंगलबार
नेपाली कांग्रेस महाधिवेशन : महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित
२०८३ असोज २७, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट
२०८३ असोज २७, मंगलबार
पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ : मन्त्री पौडेल
२०८३ असोज २७, मंगलबार
कांग्रेस जनसम्पर्क समितिको निर्वाचन परिणाम सार्वजनिक, विभिन्न क्षेत्रबाट नयाँ नेतृत्व चयन
२०८३ असोज २७, मंगलबार
सभामुख अर्याल स्वदेश फिर्ता
२०८३ असोज २७, मंगलबार
गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८३ असोज २७, मंगलबार