काठमाडाैं। नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहमहामन्त्रीको खुला तर्फ ५ हजार मतगणना गर्दा रामहरि खतिवडा र अजयबाबु सिवाकोटीले अग्रता कायमै गरेका छन्। मंगलबार बिहानसम्म ५ हजार ८९ मत गणना भएको छ।
दुई सिटका लागि भइरहेको प्रतिस्पर्धामा खतिवडाले २ हजार १७८ मत प्राप्त गरेका छन्। सिवाकोटी दोस्रो स्थानमा रहेर १ हजार ५५६ मत प्राप्त गरेका छन्।
यस्तै, अन्य प्रतिस्पर्धीहरूमा डिल्लिराम सुवेदीले १ हजार ३३० मत, देवेन्द्र राज कँडेलले १ हजार १२ मत र राजीव ढुङ्गानाले ९०१ मत प्राप्त गरेका छन्।
चुनावी प्रतिस्पर्धामा उत्रिएका विकास कोइरालाले ८१५ मत, अमृत कुमार अर्यालले ६६६ मत, रमेश प्रसाद धमलाले ५८० मत तथा विमलराज क्षेत्रीले १९६ मत प्राप्त गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया