असोज २६, २०८३ सोमबार October 12, 2026

कांग्रेस सहमहामन्त्रीको मतगणना : रामहरि खतिवडा अग्रस्थानमा, अजय सिवाकोटी दोस्रो

खुला सहमहामन्त्री पदका लागि भइरहेको मतगणना जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला सहमहामन्त्री पदको मतगणनामा रामहरि खतिवडाले अग्रता कायम गरेका छन्। निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार १ हजार ६८९ मत गणना हुँदा खतिवडाले ७६८ मत प्राप्त गरेका छन्।

अजयबाबु शिवाकोटी – Online Khabarखतिवडालाई अजय सिवाकोटीले पछ्याइरहेका छन्। सिवाकोटीले हालसम्म ५४८ मत प्राप्त गरेका छन्। मतगणनाको प्रारम्भिक परिणाममा खतिवडा र सिवाकोटीबीच प्रतिस्पर्धा देखिएको छ।

यसैगरी, डिल्लीराज सुवेदीले ४३९, देवेन्द्रराज कँडेलले ३३४ र विकास कोइरालाले २८४ मत प्राप्त गरेका छन्।

अनुभव र नयाँ पुस्ताबीच पुल बन्ने प्रतिबद्धतासहित डिल्लीराम सुवेदीको  सहमहामन्त्री उम्मेदवारी « Drishti News – Nepalese News Portalअन्य उम्मेदवारमध्ये राजीव ढुंगानाले २५३, रमेशप्रसाद धमलाले २०५, अमृतकुमार अर्यालले १७६ र विमलराज क्षेत्रीले ६१ मत प्राप्त गरेका छन्।

खुला सहमहामन्त्री पदका लागि भइरहेको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ। बाँकी मत गणना सम्पन्न भएपछि मात्र उम्मेदवारहरूको अन्तिम मतपरिणाम र विजेताको टुंगो लाग्नेछ।

निर्वाचन समितिले सार्वजनिक गर्ने आगामी मतपरिणामले उम्मेदवारहरूको अवस्थाबारे थप स्पष्ट पार्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया