असोज २४, २०८३ शनिबार October 10, 2026

जनमत पार्टीद्वारा पाँच विशेष समिति गठन, पदाधिकारी पनि चयन

पार्टीका बाँकी अन्य विभाग, मोर्चा तथा परिषद्हरू गठन गर्न भने अझै बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। जनमत पार्टीले दोस्रो महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिको पहिलो बैठकबाट विभिन्न पाँच वटा विशेष समितिहरू गठन गरेको छ। पार्टी अध्यक्ष डा. सीके राउतले बैठकका निर्णयहरूबारे जानकारी गराउँदै ती समितिहरूका पदाधिकारीहरूसमेत चयन गरिएको बताए।

पार्टीको निर्णयअनुसार केन्द्रीय अनुशासन समितिको संयोजकमा उपाध्यक्ष नरेन्द्र चौधरी, सचिवमा अनिताकुमारी मण्डल र सदस्यमा सत्यनारायण खङ्ग खत्वे चयन भएका छन्।

त्यस्तै, केन्द्रीय पुनरावेदन समितिको अध्यक्ष पदमा सञ्जयकुमार मिश्र, सचिवमा प्रियंकाकुमारी सन्त र सदस्यमा विरेन्द्र महतोलाई तोकिएको छ।

यसैगरी, सञ्जयकुमार सिंहको अध्यक्षतामा पाँच सदस्यीय केन्द्रीय निर्वाचन समिति गठन गरिएको छ, जसको सदस्य सचिवको जिम्मेवारी राजेशकुमार मण्डललाई दिइएको छ।

पार्टीभित्रका आन्तरिक विवाद समाधान गर्न शिवनाथ पटेलको संयोजकत्वमा केन्द्रीय विवाद समाधान समिति र राजेशप्रसाद साहको संयोजकत्वमा केन्द्रीय लेखा समिति गठन गरिएको छ। विवाद समाधान समितिको सचिवमा दुष्यन्त कर्ण तथा लेखा समितिको सचिवमा श्यामशङ्कर चौरसिया चयन भएका छन्।

अध्यक्ष डा. राउतका अनुसार पार्टीका बाँकी अन्य विभाग, मोर्चा तथा परिषद्हरू गठन गर्न भने अझै बाँकी रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया