असोज २३, २०८३ शुक्रबार October 9, 2026

सरावगीकाे सदस्यता खारेज गर्न रास्वपा पर्सा सचिवकाे माग

जिल्लाका पार्टी पंक्तिको असहमति रहेको भन्दै सदस्यता खारेज गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रौतहट, २३ असोज । वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सदस्यता खारेज गर्न पर्सा जिल्ला सचिव सुदिप प्रजापतिले माग गरेका छन्।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रजापतिले जिल्ला पार्टीलाई जानकारी नै नदिई सरावगीलाई सदस्यता दिइएको र यसप्रति जिल्लाका पार्टी पंक्तिको असहमति रहेको भन्दै सदस्यता खारेज गर्न आग्रह गरेका हुन्।

सरावगीको सदस्यता नम्बर PRS 1 ख – 000435776 बिहीबार रास्वपाको पोर्टलबाट जारी भएको विज्ञप्तिमा उल्लेख छ।

यसअघि नेकपा एमालेका निर्वाचित केन्द्रीय सदस्य रहेका सरावगीले एमाले छाडेर रास्वपा रोजेका थिए। उनले आफू चुनाव लड्ने उद्देश्यले नभई साधारण सदस्यका रूपमा पार्टीमा प्रवेश गरेको बताएका छन्।

एमालेमा अपेक्षित सहयोग नपाएको गुनासो गर्दै नयाँ राजनीतिक यात्रा रोजेको बताएका सरावगीको रास्वपा प्रवेशसँगै वीरगञ्जको स्थानीय राजनीतिमा चर्चा बढेको छ। यद्यपि, उनले तत्काल चुनाव लड्ने योजना नरहेको स्पष्ट पारेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया