असोज २३, २०८३ शुक्रबार October 9, 2026

यसपटक कुनै पनि प्यानल वा गुट छैन : गगन थापा

कुनै पनि भ्रम वा प्रभावमा नपरी मतदान गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औं महाधिवेशनमा कुनै पनि प्यानल वा गुट नरहेको बताएका छन्।

केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया सुरू भएपछि सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै थापाले महाधिवेशन प्रतिनिधिलाई कुनै पनि भ्रम वा प्रभावमा नपरी मतदान गर्न आग्रह गरेका हुन्।

‘यो पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया हो। यसपटक कुनै पनि प्यानल वा गुट छैन,’ उनले लेखेका छन्।

आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारको सूची प्रचार भइरहेको उल्लेख गर्दै थापाले त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थनका रूपमा नलिन आग्रह गरेका छन्।

उनले कुनै पनि अफवाहमा नलाग्न पनि महाधिवेशन प्रतिनिधिलाई अनुरोध गरेका छन्।

थापाले पार्टीको सर्वोपरि हितलाई ध्यानमा राखेर आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया