वीरगञ्ज । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचन फागुन अन्तिम वा चैत पहिलो साता गर्ने तयारी गरेको समाचार बाहिरिएसँगै वीरगञ्ज महानगरपालिकामा मेयर र उपमेयरको टिकट पक्का गर्न नेताहरूले पार्टी परित्याग गर्ने क्रम सुरु भएको छ।
आगामी स्थानीय निर्वाचनमा उपमेयरको टिकट निश्चित पाउने ग्यारेन्टी भएपछि रीमा यादव पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेको खबर प्राप्त भएको छ।
सरावगीको जस्तै रीमा यादवको सदस्यता विवरण प्राप्त नभए पनि स्रोतका अनुसार विजय सरावगी भन्दा अगाडि नै रीमाले उपमेयरको निर्वाचन लड्ने उद्देश्यले एमाले परित्याग गरेको बुझिएको छ।
रीमा यादवका विषयमा नेकपा एमालेका पर्सा इन्चार्ज प्रभु हजारासँग बुझ्दा उनले गत संसदीय निर्वाचनमा एमालेको टिकटबाट रीमा यादवले चुनाव लडेको भए पनि उनीहरू एमाले नभएको बताए।
त्यसैले उनीहरू अन्य कुनै पार्टीमा प्रवेश गर्नु ठूलो कुरा नभएको उनको भनाइ छ। रीमा यादवका श्रीमान् प्रद्युम्न यादवसँग यस विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन। अंकुश दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया