असोज २२, २०८३ बिहिबार October 8, 2026

एमाले बैठकमा वरिष्ठ नेताका रूपमा विद्यादेवी भण्डारी पहिलोपटक सहभागी हुँदै

ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाङ्फे पनि पहिलाे पटक बैठकमा सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २२ असाेज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आज (बिहीबार) बस्दैछ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्न लागेको एमाले प्रचार प्रमुख प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन्।

आजको बैठकको मुख्य आकर्षण पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थिति रहनेछ। पार्टीको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई वरिष्ठ नेताका रूपमा मनोनीत गरेपछि उनी पहिलोपटक एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन लागेकी हुन्।

यसअघि बसेको एमाले केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीमा सम्पूर्ण पदाधिकारीहरू रहने र त्यसमा थप ७ जना सदस्यहरूलाई मनोनयन गर्ने निर्णय गरेको थियो, उनीहरू पनि साे बैठकमा सहभागी हुनेछन् । जसअनुसार ईश्वर पोखरेल (पूर्ववरिष्ठ नेता), प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, लालबाबु पण्डित, थममाया थापा, शिवमाया तुम्बाहाङ्फे पनि पहिलाे पटक बैठकमा सहभागी हुनेछन् ।

आजको बैठकले केन्द्रीय कमिटीद्वारा प्रत्यायोजित अधिकारको प्रयोग गर्दै पार्टीका विभिन्न तह र निकायहरूको कार्यविभाजन तथा जिम्मेवारी टुंगो लगाउने बताइएको छ। बैठकबाट केन्द्रीय सदस्य, पोलिट्ब्युरो, स्थायी कमिटीका थप सदस्यहरूका साथै ज्येष्ठ कम्युनिष्ट मञ्च र विभिन्न विभागीय सदस्यहरूको जिम्मेवारी तय गर्ने एमालेको तयारी रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?
२०८३ असोज २२, बिहिबार
शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति
२०८३ असोज २२, बिहिबार
चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै नेपाल प्रहरी
२०८३ असोज २२, बिहिबार
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ः०० देखि
२०८३ असोज २२, बिहिबार
एक लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक
२०८३ असोज २२, बिहिबार
एमाले बैठकमा वरिष्ठ नेताका रूपमा विद्यादेवी भण्डारी पहिलोपटक सहभागी हुँदै
२०८३ असोज २२, बिहिबार
बेनी-जोमसोम-कोरला सडक : कुनौटामा मार्ग छिचोलियो
२०८३ असोज २२, बिहिबार