असोज २१, २०८३ बुधबार October 7, 2026

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान काभ्रेपलाञ्चोकमा सुरु

अभियानअन्तर्गत जिल्लाका १३ वटै स्थानीय तहमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काभ्रेपलाञ्चोक, असोज २१ गते । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘हामी आउँदैछौँ’ नामक एकहप्ते अभियान बुधबारदेखि काभ्रेपलाञ्चोकमा सुरु गरेको छ ।

असोज २७ गतेसम्म सञ्चालन हुने अभियानका लागि पार्टीका केन्द्रीय प्रतिनिधिका रूपमा सांसदत्रय जगदीश खरेल, गणेश कार्की र कुसुम महर्जन खटिनुभएको छ ।

अभियानको बनेपामा उद्घाटन गर्दै सांसद महर्जनले स्थानीय नागरिकलाई अभियानमा सहभागी भएर आफ्ना समस्या, गुनासा तथा विकास निर्माणसम्बन्धी सुझाव राख्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “अभियानमा उपस्थित भई तपाईंहरूले गुनासा, समस्या तथा विकास निर्माणका विषयमा सुझाव राख्न सक्नुहुन्छ, नभ्याए लिखित रूपमा पनि दिनुस् ।”

अभियानअन्तर्गत जिल्लाका १३ वटै स्थानीय तहमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, स्थानीय समस्या तथा जनगुनासा सङ्कलन गर्ने र पार्टीको राजनीतिक अभियानलाई जनस्तरसम्म पु¥याउने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

केन्द्रीय समितिबाट परिचालित प्रतिनिधिले जिल्ला तथा स्थानीय नेता–कार्यकर्तासँगको समन्वयमा विभिन्न नगरपालिका तथा गाउँपालिकामा नागरिक, कार्यकर्ता र सरोकारवालासँग भेटघाट गर्नेछन् । त्यसका लागि स्थान र समय तालिकासमेत सार्वजनिक गरिएको छ ।

अभियानबाट स्थानीय तहका समस्या बुझ्ने, नागरिकका अपेक्षा सुन्ने र पार्टीको आगामी राजनीतिक यात्राका लागि आधार तयार गर्ने उद्देश्य रहेको रास्वपाका जिल्ला सभापति प्रवीणकुमार ढकालले बताउनुभयो ।

उहाँका अनुसार अभियानलाई राजनीतिक भेटघाटमा मात्र सीमित नराखी जनताको घरदैलोमा पुगेर वास्तविक समस्या बुझ्ने र समाधानका लागि केन्द्रलाई सुझाव दिइनेछ ।

उहाँले भन्नुभयो, “यस अभियानले जिल्लाको राजनीतिक अवस्था र नागरिकको अपेक्षालाई नजिकबाट बुझ्ने अवसर प्राप्त हुने अपेक्षा गरेका छौँ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वी जेरुसेलममा एकै पटक ६९ जना विस्थापित, सन् २००९ यताकै ठूलो घटना
२०८३ असोज २१, बुधबार
नेपाल-रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न
२०८३ असोज २१, बुधबार
रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान काभ्रेपलाञ्चोकमा सुरु
२०८३ असोज २१, बुधबार
सुदूरपश्चिम प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित
२०८३ असोज २१, बुधबार
प्रधान सेनापति सिग्देलद्वारा बेलायती उच्च सैनिक तथा सरकारी अधिकारीसँग भेटवार्ता
२०८३ असोज २१, बुधबार
स्क्रब टाइफस ७४ जिल्लामा फैलियो, १० हजारभन्दा बढी संक्रमित
२०८३ असोज २१, बुधबार
काँग्रेस महाधिवेशनः १० बजेदेखी मतदान, कुन प्रदेशको कहाँ, हेर्नुहोस् ?
२०८३ असोज २१, बुधबार