असोज २१, २०८३ बुधबार October 7, 2026

नेपाल-रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न

क्षेत्रीय तथा बहुपक्षीय चासोका विषयमा समेत विचार आदानप्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नेपाल र रुसबीचको द्विपक्षीय परामर्श बैठक काठमाडौंमा सम्पन्न भएको छ।

नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा भएको बैठकमा दुई देशबीचको समग्र सम्बन्धको समीक्षा गरिएको थियो।

बैठकमा शिक्षा, मानव संसाधन विकास, संस्कृति, पर्यटन, जलवायु परिवर्तन, व्यापार तथा लगानीलगायतका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

बैठकमा रुसी सेनामा रहेका नेपाली नागरिक, सम्पर्कविहीन नेपाली, युक्रेनमा युद्धबन्दीका रूपमा रहेका नेपाली नागरिक तथा क्षतिपूर्ति सम्बन्धी विषयमा पनि छलफल भएको थियो। क्षेत्रीय तथा बहुपक्षीय चासोका विषयमा समेत विचार आदानप्रदान गरिएको थियो।

बैठकको सहअध्यक्षता नेपालका परराष्ट्र सचिव अमृतबहादुर राय र रुसी उपविदेशमन्त्री आन्द्रे रुडेन्कोले गरेका थिए। नेपाल र रुसी विदेश मन्त्रालयबीच द्विपक्षीय परामर्शसम्बन्धी समझदारीपत्र सन् १९९५ सेप्टेम्बर ५ मा हस्ताक्षर भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वी जेरुसेलममा एकै पटक ६९ जना विस्थापित, सन् २००९ यताकै ठूलो घटना
२०८३ असोज २१, बुधबार
नेपाल-रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न
२०८३ असोज २१, बुधबार
रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान काभ्रेपलाञ्चोकमा सुरु
२०८३ असोज २१, बुधबार
सुदूरपश्चिम प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित
२०८३ असोज २१, बुधबार
प्रधान सेनापति सिग्देलद्वारा बेलायती उच्च सैनिक तथा सरकारी अधिकारीसँग भेटवार्ता
२०८३ असोज २१, बुधबार
स्क्रब टाइफस ७४ जिल्लामा फैलियो, १० हजारभन्दा बढी संक्रमित
२०८३ असोज २१, बुधबार
काँग्रेस महाधिवेशनः १० बजेदेखी मतदान, कुन प्रदेशको कहाँ, हेर्नुहोस् ?
२०८३ असोज २१, बुधबार