असोज २१, २०८३ बुधबार October 7, 2026

मुगुमा पहिरोले बोलेरो जिप पुरियो, चालकसहित यात्रु सुरक्षित

पहिरोमा पुरिएको जिपलाई बाहिर निकाल्ने प्रयास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका-१२ स्थित सुनाता खोला नजिकै माथिबाट खसेको पहिरोले एक बोलेरो जिप पुरेको छ।

बिहीबार बिहान करिब १०:३० बजे गमगढीबाट सुनातातर्फ गएर फर्किने क्रममा लु.प्र.००१०१ च १२११ नम्बरको बोलेरो जिप पहिरोको चपेटामा परेको हो। उक्त जिप विशाल खत्रीले चलाइरहेका थिए।

घटनाको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोस्ट रोवाबाट प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। रोवाबाट करिब दुई घण्टा दक्षिणमा पर्ने घटनास्थलमा प्रहरी टोली दिउँसो १:२० बजे पुगेर स्थिति नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

पहिरो खस्ने समयमा जिपभित्र कोही पनि सवार नरहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। पहिरोमा पुरिएको जिपलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ भने घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसको महाधिवेशन ऐतिहासिक, नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे
२०८३ असोज २१, बुधबार
दक्षिण कोरियाको अन्तरिक्ष अभियानमा ठूलो सफलता, ‘नुरी’ले १५ उपग्रह पठायो
२०८३ असोज २१, बुधबार
स्वास्थ्यमन्त्री मेहताद्वारा टेलिमेडिसिन सेवा प्रभावकारी बनाउने विषयमा छलफल
२०८३ असोज २१, बुधबार
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
२०८३ असोज २१, बुधबार
राष्ट्रपति समक्ष आयोगहरूको वार्षिक प्रतिवेदन पेश
२०८३ असोज २१, बुधबार
आज अक्टोबर ७ : हमास आक्रमणको तीन वर्ष पूरा, इजरायलमा शोक र स्मरण कार्यक्रम
२०८३ असोज २१, बुधबार
कांग्रेस सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता
२०८३ असोज २१, बुधबार