असोज २१, २०८३ बुधबार October 7, 2026

आज अक्टोबर ७ : हमास आक्रमणको तीन वर्ष पूरा, इजरायलमा शोक र स्मरण कार्यक्रम

इजरायलमा पीडितको सम्झना, गाजामा तनाव कायमै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जेरुसेलम, असोज २१ गते । हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणको तेस्रो वार्षिकोत्सवमा देशभर स्मारक कार्यक्रम आयोजना भइरहेका छन् । आगामी आम चुनावको केही साताअघि मनाउन लागिएको यस वर्षको वार्षिकोत्सव गाजामा युद्धविराम सुरु भएपछिको पहिलो औपचारिक स्मरण कार्यक्रमसमेत हो ।

आक्रमणमा मारिएका व्यक्तिको सम्झनामा दिनभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ । एएफपीले आधिकारिक इजरायली तथ्याङ्कका आधारमा गरेको गणनाअनुसार प्यालेस्टिनी लडाकूको आक्रमणमा एक हजार २२१ जनाको मृत्यु भएको थियो । आक्रमणकारीले २५१ जनालाई बन्धक बनाएर गाजा लगेका थिए । तीमध्ये ४४ जनाको मृत्यु भइसकेको छ ।

आक्रमण सुरु भएको ठीक समय बिहान ६ः२९ बजे गाजा सीमासँग जोडिएको किबुट्ज कफर आजामा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको छ । त्यहा ६४ जना बासिन्दाको हत्या र १८ जनालाई अपहरण गरिएको थियो । दक्षिणी इजरायलस्थित नोभा सङ्गीत महोत्सवस्थलमा पनि स्मरण कार्यक्रम आयोजना गरिएको छ । त्यहाँ ३७० भन्दा बढी मानिस मारिएका थिए र दर्जनौँलाई बन्धक बनाइएको थियो । शोकाकुल परिवारले तेल अभिभको एक पार्कमा समेत स्मरण कार्यक्रम आयोजना गरेका छन् ।

आम चुनावको तीन साताअघि र तेल अभिभतर्फ जाने यात्रुवाहक विमानमाथि असफल आक्रमण भएको एक सातापछि कार्यक्रम कडा सुरक्षा व्यवस्थाबिच भइरहेका छन् । इजरायलका रक्षामन्त्रीले वार्षिकोत्सवका अवसरमा गाजामा रहेका इजरायली सैनिकमाथि हमासले आक्रमण गर्न सक्ने सूचनाका आधारमा सेनालाई उच्च सतर्कतामा राखिएको बताउनुभएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार आयोजित राज्य स्मारक समारोहमा गाजामा हमासको शासन कायम नरहने र अक्टोबर ७ को आक्रमणमा संलग्न तथा बन्धक बनाउनेलाई लक्षित गर्ने प्रतिबद्धता जनाउनुभएको छ । हमासको आक्रमणपछि इजरायलले गाजामा व्यापक सैन्य कारबाही सुरु गरेको थियो । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार त्यस क्रममा ७४ हजार दुई सयभन्दा बढी मानिस मारिएका छन् ।

हमासको नियन्त्रणमा रहेको मन्त्रालयको तथ्याङ्कलाई संयुक्त राष्ट्रसङ्घले विश्वसनीय मान्दै आएको छ । पछिल्ला तीन वर्षमा इजरायलको सैन्य कारबाही गाजामा मात्र सीमित रहेन । लेबनानस्थित हिजबुल्लाहसँगको द्वन्द्वदेखि इरानसम्म विभिन्न मोर्चामा इजरायलको सैन्य संलग्नता विस्तार भएको छ । अमेरिकाको पहलमा गत अक्टोबरमा युद्धविराम घोषणा भए पनि गाजाको मानवीय अवस्था अझै गम्भीर रहेको समाचारमा जनाइएको छ ।

लाखौँ मानिस पाल तथा अस्थायी संरचनामा बस्न बाध्य छन् भने युद्धग्रस्त क्षेत्रको राजनीतिक भविष्य र पुनर्निर्माण सम्बन्धी कामसमेत प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन । इजरायलले गाजा पट्टीको ६० प्रतिशतभन्दा बढी भूभाग आफ्नो नियन्त्रणमा रहेको जनाएको छ । हमासबाट उत्पन्न खतरा हटाउने र अक्टोबर ७ को आक्रमणमा संलग्नलाई लक्षित गर्ने भन्दै इजरायलले गाजामा हवाई आक्रमण जारी राखेको बताएको छ । युद्धविरामपछि पनि इजरायली सेनाको कारबाहीमा एक हजार ४३० भन्दा बढी मानिस मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस/एएफपी 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसको महाधिवेशन ऐतिहासिक, नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे
२०८३ असोज २१, बुधबार
दक्षिण कोरियाको अन्तरिक्ष अभियानमा ठूलो सफलता, ‘नुरी’ले १५ उपग्रह पठायो
२०८३ असोज २१, बुधबार
स्वास्थ्यमन्त्री मेहताद्वारा टेलिमेडिसिन सेवा प्रभावकारी बनाउने विषयमा छलफल
२०८३ असोज २१, बुधबार
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
२०८३ असोज २१, बुधबार
राष्ट्रपति समक्ष आयोगहरूको वार्षिक प्रतिवेदन पेश
२०८३ असोज २१, बुधबार
आज अक्टोबर ७ : हमास आक्रमणको तीन वर्ष पूरा, इजरायलमा शोक र स्मरण कार्यक्रम
२०८३ असोज २१, बुधबार
कांग्रेस सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता
२०८३ असोज २१, बुधबार