काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोग र थारु आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित एक विशेष समारोहका बिच थारू आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारू र राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आ-आफ्नो प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष हस्तान्तरण गरेका हुन्।
नेपालको संवैधानिक व्यवस्था अनुसार आयोगले वर्षभरि गरेका कार्यप्रगति, गतिविधि तथा सिफारिसहरू समेटेर वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गर्ने प्रावधान अनुसार यो प्रतिवेदन बुझाइएको आयोगले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया