असोज १३, २०८३ मंगलबार September 29, 2026

उपराष्ट्रपति यादवसँग भारतीय राजदूतको बिदाइ भेट

दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन पुर्‍याउनुभएकोे योगदान प्रशंसनीय रहेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १३ असोजः उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा बधाई दिँदै दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन पुर्‍याउनुभएकोे योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभएको थियो ।

राजदूत श्रीवास्ताव आफ्नो कार्यकाल सम्पन्न गरेर स्वदेश फर्कँदै हुनुहुन्छ । उपराष्ट्रपति यादवले नेपालमा हालैको विनाशकारी बाढीको कठिन घडीमा भारत सरकारद्वारा प्रदान गरिएको मानवीय तथा विपद् सहायताप्रति धन्यवाद व्यक्त गर्नुभएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ ।

राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल भारत सम्बन्ध थप घनिष्ट बनाउन आफूले सक्दो प्रयास गरेको भन्दै नेपाल र नेपालीको सम्झना सदैव रहिरहने बताउनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह
२०८३ असोज १३, मंगलबार
राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
उपराष्ट्रपति यादवसँग भारतीय राजदूतको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार