काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालबीच शिष्टाचार भेटवार्ता भएको छ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता भएको हो। भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को महासभामा सहभागी हुन लागेको विषयमा जानकारी गराएका थिए।
सभामुख अर्यालले आईपीयूको १५३औँ महासभामा सहभागी हुन आइतबार तान्जेनिया जाँदै छन्। यसबारे सभामुख अर्यालले राष्ट्रपति पौडेललाई जानकारी गराएकाे सभामुखकाे सचिवालयले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया