असोज १८, २०८३ आइतबार October 4, 2026

दुबईका युवराजले भेटे फ्लाईदुबईका पाइलट स्मित मच्छर

घाइते पाइलटलाई भेट्न अस्पताल पुगे युएईका क्राउन प्रिन्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रौतहट १८ असोज। संयुक्त अरब इमिरेट्स (यूएई) का रक्षा मन्त्री तथा दुबईका क्राउन प्रिन्स शेख हमदान बिन मोहम्मद बिन राशिद अल मख्तुमले फ्लाईदुबईका पाइलट क्याप्टेन स्मित मच्छारसँग भेट गरेका छन्।

क्याप्टेन मच्छारले देखाएको साहस, जिम्मेवारी र मानवीय संवेदनाको प्रशंसा गर्दै क्राउन प्रिन्सले उनको योगदानको सराहना गरेका हुन्।

क्राउन प्रिन्स हमदानले सामाजिक सञ्जाल एक्समार्फत भेटको तस्बिर सार्वजनिक गर्दै क्याप्टेन मच्छारलाई साहस र जिम्मेवारीको उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
उनले क्याप्टेन मच्छारले मानवीय जीवनलाई प्राथमिकता दिँदै असाधारण साहस प्रदर्शन गरेको उल्लेख गरेका छन्। साथै, यूएईको नेतृत्व र आफ्नोतर्फबाट उनको योगदानप्रति प्रशंसा व्यक्त गरेका छन्।

क्राउन प्रिन्सले क्याप्टेन मच्छार आफ्नो टोली र यूएईको कथाको हिस्सा भएको उल्लेख गर्दै उनको भूमिकाप्रति गर्व व्यक्त गरेका छन्।
उनका अनुसार यूएई दया, शान्ति र मानव जीवनलाई महत्व दिने देशका रूपमा परिचित छ र क्याप्टेन मच्छारको कार्यले पनि त्यही मूल्यलाई प्रतिबिम्बित गरेको छ।
यस भेटमार्फत यूएईको नेतृत्वले फ्लाईदुबईका पाइलट मच्छारको साहस र मानवीय जिम्मेवारीप्रति सार्वजनिक रूपमा सम्मान व्यक्त गरेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु, शीर्ष नेताको जमघट
२०८३ असोज १८, आइतबार
कर्णाली प्रदेशमा मंसिर १६-२७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैं
२०८३ असोज १८, आइतबार
किरियामा बसेकी महिलासँग सम्बन्धपछि दाजुभाइको मृत्यु, सिंगो गाउँमा त्रास
२०८३ असोज १८, आइतबार
ऊर्जामन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण
२०८३ असोज १८, आइतबार