असोज २०, २०८३ मंगलबार October 6, 2026

कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी

सभापतिमा गगन थापासहित तीन जनाको उम्मेदवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचन प्रयोजनका लागि केन्द्रीय निर्वाचन समितिले केन्द्रीय महाधिवेशन प्रतिनिधि एवं मतदाताहरूको अन्तिम नामावली औपचारिक रूपमा सार्वजनिक गरेको छ।

कांग्रेसको १५औँ महाधिवेशनका लागि ७ हजार २ सय ५५ जना अन्तिम मतदाता कायम भएका छन्।

कांग्रेसको विधान २०१७ (एघारौँ संशोधन सहित) तथा निर्वाचन निर्देशिका, २०८३ बमोजिम काठमाडौंमा सञ्चालन भइरहेको महाधिवेशनका लागि प्रारम्भिक मतदाता नामावली उपर परेका दाबी–विरोध तथा उजुरीहरूमाथि आवश्यक छानबिन गरी अन्तिम नामावली टुङ्गो लगाइएको निर्वाचन समितिले जनाएको छ।

समिति सदस्य–सचिव राजु कटुवालद्वारा जारी सूचना अनुसार उक्त नामावली पार्टीको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत समेत सार्वजनिक गरिएको छ।

यसैगरी सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी परेको छ।

खुला उपसभापतिमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादव गरी नौ जनाले उम्मेदवारी दिएका छन्।

समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मनसुर, सीता गुरुङ र रञ्जित कर्ण गरी पाँच जनाको उम्मेदवारी परेको छ।

खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनील शर्मा र डा. सन्तोष उपाध्याय गरी आठ जनाले उम्मेदवारी दिएका छन्। महिला महामन्त्रीमा डा. डिला संग्रौला, डिना उपाध्याय र रीता खनाल गरी तीन जनाको उम्मेदवारी परेको छ।

यो समाचार तयार पार्दासम्म सभापतिमा तीन, वरिष्ठ उपसभापतिमा एक, महिला उपसभापतिमा एक, खुला उपसभापतिमा नौ, समावेशी उपसभापतिमा पाँच, खुला महामन्त्रीमा आठ र महिला महामन्त्रीमा तीन गरी कुल ३० जनाको उम्मेदवारी परेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार
Minister Lamsal for ‘paradigm shift’ in construction of disaster-resistant structures
२०८३ असोज २०, मंगलबार