काठमाडौं । नेकपा एमालेले आगामी मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार आजको बैठकले तल्लो तहको भेला सम्पन्न गरेर मंसिर पहिलो हप्ता राष्ट्रिय कार्यकर्ता भेला काठमाडौंमा गर्ने निर्णय गरेको छ।
‘मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेलाको रुपमा हामी भेला गर्छौं,’ स्थायी कमिटी बैठकपछि उनले भने। भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिसहित सङ्घ, प्रदेश, पालिकाका जनप्रतिनिधि उपस्थित हुने बस्नेतको भनाइ छ।
मंसिर २६ गते वडा र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय भएको उनले बताए। नगर र वडा अधिवेशनपछि प्रदेशस्तरीय भेला गर्ने निर्णय भएको बताए। बैठक भोलि पनि दिउँसो १ बजे बस्ने बस्नेतले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया