असोज २३, २०८३ शुक्रबार October 9, 2026

कांग्रेस महाधिवेशनको मतदान : दुई घण्टामा १ हजार २९३ मत खस्यो

कांग्रेस महाधिवेशनमा मतदान जारी, प्रदेशगत रूपमा खस्यो मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा सुरुवाती दुई घण्टामा १ हजार २९३ मत खसेको छ। बिहान ८ः३० बजेदेखि १०ः३० बजेसम्मको तथ्यांकअनुसार देशका विभिन्न प्रदेशबाट उक्त संख्यामा मतदान भएको हो।

क्षेत्रगत विवरणअनुसार कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णाली प्रदेशबाट संयुक्त रूपमा २५७, लुम्बिनी प्रदेशबाट २०२, गण्डकी प्रदेशबाट १८८ र बागमती प्रदेशबाट २१७ मत खसेको छ।

मतदानको सुरुवाती दुई घण्टामा प्राप्त विवरणअनुसार महाधिवेशन प्रतिनिधिहरूले नयाँ नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। मतदान प्रक्रिया शान्तिपूर्ण र निर्वाध रूपमा अघि बढिरहेको जनाइएको छ।

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानमा सभापतिसहित विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। महाधिवेशन प्रतिनिधिहरूले पार्टीको आगामी नेतृत्व चयन गर्न मतदानमा सहभागिता जनाइरहेका छन्।

मतदानबाट चयन हुने नयाँ नेतृत्वले पार्टीको भावी कार्यदिशा, संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीति तय गर्ने भएकाले यस महाधिवेशनलाई महत्त्वका साथ हेरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अस्ट्रेलियाको न्यु साउथ वेल्सका प्रिमियर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
२०८३ असोज २३, शुक्रबार
आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो
२०८३ असोज २३, शुक्रबार
युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ असोज २३, शुक्रबार
कोरलानाकाबाट ५४३ टन फलफूल आयात
२०८३ असोज २३, शुक्रबार
गृह मन्त्रालयमा पुग्यो एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको प्रतिवेदन
२०८३ असोज २३, शुक्रबार
म्याग्दीका छ वटै स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा
२०८३ असोज २३, शुक्रबार
केन्याले पहिलो पटक इबोला भाइरसको संक्रमण पुष्टि गरेसँगै देशभर स्वास्थ्य शतर्कता उच्च
२०८३ असोज २३, शुक्रबार