असोज २३, २०८३ शुक्रबार October 9, 2026

अस्ट्रेलियाको न्यु साउथ वेल्सका प्रिमियर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता

नेपाललाई आवश्यक सहयोग गर्न न्यु साउथ वेल्स सरकार पूर्ण रूपमा तयार रहेको प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिड्नी। अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका प्रिमियर माननीय क्रिस्टोफर (क्रिस) जोन मिन्सले परराष्ट्रमन्त्री शिशिर खनालसँग आज सिड्नीमा शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटका क्रममा प्रिमियर मिन्सले नेपालमा हालै आएको प्राकृतिक विपद्‌मा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरे। उनले विपद्पछिको पुनर्लाभ तथा पुनरोत्थानका प्रयासहरूमा नेपाललाई आवश्यक सहयोग गर्न न्यु साउथ वेल्स सरकार पूर्ण रूपमा तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

परराष्ट्रमन्त्री खनालले विनाशकारी बाढीपछि सहानुभूति, ऐक्यबद्धता र उदार सहयोग पुर्‍याएकोमा नेपाली समुदाय (डाइस्पोरा) लगायत न्यु साउथ वेल्सका जनताप्रति हार्दिक आभार व्यक्त गरे।

साथै, उनले विपद्‌मा परी बेपत्ता भएका अस्ट्रेलियाली नागरिकहरूको खोजी कार्यलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको आश्वस्त पारे।

भेटमा मन्त्री खनाल र प्रिमियर मिन्सबिच नेपाल र न्यु साउथ वेल्सबिचको व्यापार, ऊर्जा, खानी, पूर्वाधार विकास, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका साथै उच्च शिक्षा अध्ययन संस्थानहरूबिचको सहकार्य र द्विपक्षीय हितका विविध विषयमा विचार-विमर्श भएको थियो। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शिक्षा नियमावलीः शिक्षकलाई गाडी किन्न सहुलियत
२०८३ असोज २३, शुक्रबार
अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार
२०८३ असोज २३, शुक्रबार
अस्ट्रेलियाको न्यु साउथ वेल्सका प्रिमियर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
२०८३ असोज २३, शुक्रबार
आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो
२०८३ असोज २३, शुक्रबार
युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ असोज २३, शुक्रबार
कोरलानाकाबाट ५४३ टन फलफूल आयात
२०८३ असोज २३, शुक्रबार
गृह मन्त्रालयमा पुग्यो एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको प्रतिवेदन
२०८३ असोज २३, शुक्रबार