असोज २३, २०८३ शुक्रबार October 9, 2026

कोरलानाकाबाट ५४३ टन फलफूल आयात

आयात भएका चिनियाँ फलफूलजन्य मालवस्तु लामो समयसम्म कन्टेनरभित्र गुम्सिएर रहँदा सड्ने र बिग्रने जोखिम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुस्ताङ। चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल आयात भएको छ ।

नेपाल–चीन उत्तरी कोरलानाकाबाट उक्त फलफूल आयात भएको हो । कोरलास्थित लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार भारी वर्षा र हिमपातपछि कोरलानाकाबाट उक्त परिमाणमा चिनियाँ फलफूल भित्रिएको जनाएको हो ।

क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार पछिल्लो एघार दिनमा कोरलानाका हुँदै स्याउ ८७ दशमलव ३०० टन, आँप १६ दशमलव १०० टन र ड्रागन फ्रुट आठ दशमलव ३१६ टन चिनियाँ फलफूल नेपाल भित्रिएको हो ।

भारी वर्षा र हिमपातपछि असोज ११ गतेदेखि बेनी–जोमसोम–कोरला सडक पूर्ण रुपमा अवरुद्ध हुँदा कोरलानाकाबाट नेपाल भित्रिएका चिनियाँ फलफूलजन्य मालवस्तु गन्तव्यतर्फ लैजान कठिनाइ भइरहेको छ ।

आयात भएका चिनियाँ फलफूलजन्य मालवस्तु लामो समयसम्म कन्टेनरभित्र गुम्सिएर रहँदा सड्ने र बिग्रने जोखिमसमेत बढेको छ ।

यसैबीच, मुस्ताङको जोमसोममा बिहीबार एक कन्टेनरमा ढुवानी गरिएको ड्रागन फ्रुट स्थानीयलाई वितरण गरिएको थियो । करिब रु २४ लाख ५० हजार मूल्य बराबरको ड्रागन फ्रुट समयमै गन्तव्यमा पु¥याउन नसकेपछि मुस्ताङको जोमसोममा स्थानीयलाई वितरण गरेको कम्पनीका प्रतिनिधि सुवास सुनुवारले जानकारी दिनुभयो ।

उहाँले कन्टेनरमा करिब आठ टन चिनियाँ ड्रागन फ्रुट रहेकोमा कुहिनुभन्दा स्थानीयलाई वितरण गरेको जानकारी दिनुभयो ।

योसँगै ड्रागनको मूल्य, कन्टेनर भाडा र भन्सार राजस्व गरी अनुमानित रु ३० लाखको फलफूल क्षति भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शिक्षा नियमावलीः शिक्षकलाई गाडी किन्न सहुलियत
२०८३ असोज २३, शुक्रबार
अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार
२०८३ असोज २३, शुक्रबार
अस्ट्रेलियाको न्यु साउथ वेल्सका प्रिमियर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
२०८३ असोज २३, शुक्रबार
आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो
२०८३ असोज २३, शुक्रबार
युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ असोज २३, शुक्रबार
कोरलानाकाबाट ५४३ टन फलफूल आयात
२०८३ असोज २३, शुक्रबार
गृह मन्त्रालयमा पुग्यो एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको प्रतिवेदन
२०८३ असोज २३, शुक्रबार