काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय उपसभापति तथा महामन्त्री पदको मतगणनामा १४७ मत गणना गर्दासम्म डा. चन्द्रकान्त भण्डारी र प्रदीप पौडेलले अग्रता कायम राखेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनाको पछिल्लो परिणामअनुसार उपसभापति (खुला) तर्फ भण्डारी र महामन्त्री (खुला) तर्फ पौडेल अगाडि देखिएका हुन्।
उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारीले ७२ मत प्राप्त गरेका छन्। गोविन्द भट्टराईले ५४, ई. मधु आचार्यले ५२, सुरेन्द्रराज पाण्डेले ४१, धनराज गुरुङले २८, दीपक गिरीले २१ र प्रा.डा. चन्द्रमोहन यादवले १३ मत प्राप्त गरेका छन्।
यसैगरी, केन्द्रीय उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले ४७ मत प्राप्त गरेका छन्। जीवन परियारले ४२, सीता गुरुङले २१, फरमुल्लाह मन्सुरले १७ र रञ्जित कर्णले ८ मत प्राप्त गरेका छन्।
केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले ९८ मत प्राप्त गर्दै अग्रता फराकिलो बनाएका छन्। अमरसिंह पुन मगरले ५१, उदयशमशेर राणाले ४५, डा. सुनिलकुमार शर्माले ३१, गुरुराज घिमिरेले २४, नैनसिंह महरले १९, डा. सन्तोष उपाध्यायले ६ र शंकर तिवारीले २ मत प्राप्त गरेका छन्।
महिला महामन्त्रीतर्फ महालक्ष्मी उपाध्याय (डिना) ले ७० मत प्राप्त गर्दै अग्रता लिएकी छन्। डा. डिला संग्रौला (पन्त) ले ६१ र रीता खनालले १७ मत प्राप्त गरेकी छन्।
मतगणना जारी रहेकाले उम्मेदवारहरूको मतसंख्यामा थप परिवर्तन हुन सक्नेछ। सार्वजनिक पछिल्लो विवरणअनुसार उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी, महामन्त्री (खुला) तर्फ प्रदीप पौडेल र महिला महामन्त्रीतर्फ महालक्ष्मी उपाध्याय (डिना) अगाडि रहेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया