असोज २६, २०८३ सोमबार October 12, 2026

एमालेको च्यासलस्थित केन्द्रीय कार्यालयबाट सुरक्षाकर्मी फिर्ता

दलका कार्यालयहरूबाट समेत सुरक्षाकर्मी फिर्ता हुन थालेपछी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। ललितपुरको च्यासलस्थित सत्तासमीकरणको प्रमुख दल नेकपा (एमाले) को केन्द्रीय कार्यालयबाट सुरक्षाकर्मी फिर्ता भएका छन्। त्यहाँ तैनाथ रहेको सशस्त्र प्रहरी बलको टोली सोमबारदेखि फिर्ता भएको पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिएका छन्।

कार्यालय सचिव अधिकारीका अनुसार च्यासलमा २०७८ सालमा पार्टी कार्यालय सञ्चालनमा आएदेखि नै सशस्त्र प्रहरी नियमित रूपमा खटिँदै आएका थिए।

“कहिले बढी, कहिले कम हुन्थे तर कम्तीमा पाँच जना सशस्त्र प्रहरी २४ सै घण्टा खटिने गरेका थिए,” अधिकारीले भने, “आइतबारसम्म खटिएको टोली सोमबारदेखि भने फिर्ता भएको छ र अहिले कार्यालयमा सुरक्षाकर्मी छैनन्।”

केही दिनअघि गृह मन्त्रालयले विशिष्ट व्यक्ति (भीभीआइपी र भिआइपी) को सुरक्षा तथा निजी सुरक्षा अधिकारीका रूपमा कार्यविधिविपरीत र तोकिएको मापदण्डभन्दा बढी खटाइएका सुरक्षाकर्मीहरूलाई तत्काल फिर्ता गरी आ-आफ्नो दरबन्दीमा खटिन निर्देशन जारी गरेको थियो।

गृह मन्त्रालयको उक्त कडाइ र मापदण्ड पालना गराउने नीतिकै निरन्तरतास्वरूप दलका कार्यालयहरूबाट समेत सुरक्षाकर्मी फिर्ता हुन थालेको देखिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनएमबी बैंकको ‘लुप क्रेडिट’ र मासिक किस्ताबन्दी (ईएमआई) सेवा सुरु
२०८३ असोज २६, सोमबार
पृथ्वी राजमार्ग आज बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने
२०८३ असोज २६, सोमबार
चुनावी परिणाम आफ्नो पक्षमा नआए पनि पार्टी र जनताको सेवा गर्छु : डा. सुनिल शर्मा
२०८३ असोज २६, सोमबार
प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने संसदीय सुनुवाइ समितिको निर्णय
२०८३ असोज २६, सोमबार
एमालेको च्यासलस्थित केन्द्रीय कार्यालयबाट सुरक्षाकर्मी फिर्ता
२०८३ असोज २६, सोमबार
मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषद्‌बाट पारित भइसक्यो : स्वास्थ्यमन्त्री मेहता
२०८३ असोज २६, सोमबार
साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र क्षेप्यास्त्र नष्ट
२०८३ असोज २६, सोमबार