असोज २६, २०८३ सोमबार October 12, 2026

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र क्षेप्यास्त्र नष्ट

दमामनजिकै रहेको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा पनि हुथीको आक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रियाद, साउदी अरब, २६ असोज । यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको गठबन्धनले साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचमै रोकेर नष्ट गरेको जनाएको छ ।

गठबन्धनका प्रवक्ता तुर्की अल–मालिकीले सोमबार सामाजिक सञ्जाल एक्समार्फत छुट्टाछुट्टै वक्तव्य जारी गर्दै उक्त जानकारी दिनुभएको हो । उहाँका अनुसार साउदी अरबको पूर्वी प्रान्तमा ड्रोनलाई रोकिएको थियो भने हुथी विद्रोहीले देशको दक्षिणपश्चिमी क्षेत्रस्थित खमिस मुशैततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए ।

साउदी अरबका दुई विमानस्थललाई आइतबार लक्षित गरी आक्रमण गरिएपछि सीमापार तनाव थप चुलिएको छ । साउदी उड्डयन अधिकारीहरूका अनुसार रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक पाकिस्तानी नागरिकको मृत्यु भएको थियो भने अन्य ११ जना घाइते भएका थिए । त्यसैगरी, दमामनजिकै रहेको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आक्रमण भएको जनाइएको छ ।

यसअघि शनिबार किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हुथी आक्रमणमा १२ जनाको मृत्यु भएको र ३०९ जना घाइते भएको साउदी अधिकारीहरूले बताएका थिए ।

लगातार भइरहेका आक्रमण र प्रत्याक्रमणका घटनाले साउदी अरब र यमनका हुथी विद्रोहीबीचको तनाव थप बढाएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामान्य बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
२०८३ असोज २६, सोमबार
पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ
२०८३ असोज २६, सोमबार
एनएमबी बैंकको ‘लुप क्रेडिट’ र मासिक किस्ताबन्दी (ईएमआई) सेवा सुरु
२०८३ असोज २६, सोमबार
पृथ्वी राजमार्ग आज बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने
२०८३ असोज २६, सोमबार
चुनावी परिणाम आफ्नो पक्षमा नआए पनि पार्टी र जनताको सेवा गर्छु : डा. सुनिल शर्मा
२०८३ असोज २६, सोमबार
प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने संसदीय सुनुवाइ समितिको निर्णय
२०८३ असोज २६, सोमबार
एमालेको च्यासलस्थित केन्द्रीय कार्यालयबाट सुरक्षाकर्मी फिर्ता
२०८३ असोज २६, सोमबार